87065918_2642831735940397_405392484076617728_n

सिटिइभिटीको स्थापना दिवसमा साताव्यापी खेलकुदको उद्घाटन

इन्द्रेणी संवाददाता 

दाङ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको आंगिक शिक्षालय दाङको घोराही स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयले सिटिइभिटीको स्थापना दिवसको अवसर पारेर विभिन्न खेलकुद कार्यक्रमको उद्घाटन गरेको छ ।

परिषद् दिवशलाई भव्य रुपमा मनाउनका लागि शिक्षालयले खेलकुद सप्ताहको उद्घाटन गरिएको शिक्षालयका प्रमुख यादव सुवेदीले जानकारी दिए । विद्यार्थीहरुको शैक्षिक गतिविधिका साथै विभिन्न अतिरिक्त क्रियाकलापबाट बिद्यार्थीहरुको सर्वाङ्गिन विकासका लागि तथा बिद्यार्थीहरुको आन्तरिक प्रतिस्पर्धात्मक भावनाको बिकासका लागि खेलकुदको आयोजना गरिएको शिक्षालयले प्रमुख सुवेदीले बताए ।

87079325_840284749717698_8478445809455595520_n

गत वर्ष स्थापना भएको शिक्षालयमा अहिले ६ ओटा प्राविधिक विषय पढाई भइरहेको शिक्षालयका कोअर्डिनेटर केशरमान बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार खेल सप्ताहमा सबै कार्यक्रमका छात्र तथा छात्राहरुको अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ ।

शिक्षालयका लेखापल नारायण भण्डारीले खेलमा विजयीहरुलाई मेडल, ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको जानकारी दिनुभयो । शिक्षालयमा हाल २ सय ६ जना डिप्लोमा तहका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । त्यसैगरी छोटो अवधिका एक सय ८० जना विद्यार्थीहरुले विभिन्न विषयमा तालिमहरु लिइहेको भण्डारीले जानकारी दिनुभयो ।

87037681_2973427289386815_3839683393776254976_n

जारी खेल सप्ताहका संयोजक निरञ्जन पोख्रेलले भलिवल, व्याटमिण्टन, चेस, दौड, वक्तित्वकला र हाजिरिजवाफ प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

शिक्षालयले खेलकुद सप्ताहलाई प्रभावकारी बनाउन प्रशिक्षक सर्जन गौतमको संयोजकत्वमा पुरस्कार समिति, निरञ्जन पोख्रेलको संयोजकवत्मा खेलकुद समिति, अनुपा शर्माको संयोजकत्वमा जलपान समिति र विन्दु केसीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरेको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com