इन्द्रेणी संवाददाता
दाङ । जिल्लाको बबई स्थित हापुरेमा संचालित महोत्सवमा लोक तथा दोहोरी गयिका कला लम्सालको बेजोड प्रस्तुतिले हजारौं दर्शक छमछमी नाचेका छन ।
कला र संस्कृतिलाई संरक्षण गरौं,भ्रमण बर्ष २०२० लाई सफल पारौं भन्ने मुल नाराका साथ हापुरेमा संचालित महोत्सवमा पछिल्लो समय विभिन्न मेला महोत्सवमा अत्याधिक रुचाइएकी लोकप्रिय लोक तथा दोहोरी गायिका लम्सालको बेजोड प्रस्तुतिले दर्शक दिर्घालाई छमछमी नचाएको थियो ।
धानको चामल धानैको चिउरा, मायालु लाई सम्झना के दिउर, पन्चेबाजा हेर्न मनाही छ , छड्के तिलरी जस्ता करिब आधा अर्जन गीत गाएकी लम्सालको प्रस्तुतिले महोत्सवमा थप रौनकता थपिएको थियो ।
तनहुँको थर्पु बजारमा जन्मिएर कलाकारिता क्षेत्रमा करिब १५ बर्ष अघि प्रवेस गरेकी लम्साल लाई पछिल्लो समय विभिन्न मेला महोत्सवमा भ्याइनभ्याइ छ ।