IMG_20200214_153007

नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रशिक्षण

सल्यान, २ फागुन । नेकपा निकट नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानले शिक्षकहरुका लागि प्रशिक्षण चलाएको छ । जिलाका १० वटै स्थानिय तहहरुमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णयानुसार हाल सम्म ५ स्थानिय तहमा कार्यक्रम सकिएको संगठनले जनाएको छ ।

IMG_20200214_153007 शारदा नगरपालिका, छत्रेश्वरी, सिद्ध कुमाख, कालिमाटी र कपुरकोट गाउंपालिकामा प्रशिक्षणको कार्यक्रम सम्पन्न भएको संगठनका जिल्ला अध्यक्ष किशोर कुमार हमालले जनकारी दिए ।

अब बांकी स्थानिय तहहरुमा कार्यक्रम गरिने उनले जनाए । शुक्रबार कपुरकोटको कार्यक्रममा ६ जना शिक्षक नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका छ्न । शिक्षक संघ परित्याग गरेर खिम ब बुढा, रेशम घर्ती, इन्दु राना, यज्ञ बहादुर खड्का, कमान सिंह महतारा र मालती राना संगठनमा प्रवेश गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोटका अध्यक्ष पदम बहादुर खड्काले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी नेकपा कर्णाली प्रदेश कमिटिका सदस्य तथा कपुरकोट गाउंपालिका अध्यक्ष भिम बहादुर सेनले पेशागत हक हित र शैक्षिक प्रगतिका लागि शिक्षणकहरु एक जुट हुनुपर्नेमा जोड दिए । चलायमान र फैलदो अवस्थामा रहेको संगठन देखेर आफू निकै खुसी रहेको उनले बताए । शिक्षकहरुको हक हित र शैक्षिक सुधारमा स्थानिय सरकार मरिमेटेर लागिपरेको अध्यक्ष सेनले बताए । शैक्षिक गुणस्तर वृद्धिका लागि खटेर लाग्न निर्देशन दिदै उनले जिम्मेवारिबाट हटेर अन्य गतिबिधिमा लाग्ने शिक्षकहरुलाइ स्थानिय सरकारले छुट नदिने बताए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com