supreme-court-of-nepal

सर्वोच्चले माग्यो अख्तियारसँग कारण देखाउ आदेश

काठमाडौं, २ फागुन। ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ ।

supreme-court-of-nepalपूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण १५ दिनभित्र पेस गर्न सर्वाेच्चले आयोगलाई आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अख्तियारलाई महान्यायधिवक्ताको कार्यालयमार्फत बाटोको म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com