dharapani-mandir

दाङको पर्यटन विकासमा १२ करोड बजेट

उदय बीसी
दाङ । दाङको पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासमा झण्डै रू. १२ करोड लगानी हुँदैछ । सरकारका प्रदेश र संघीय गरी दुई तहको सरकारबाट चालु आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लाका विभिन्न १८ स्थानलाई छनोट गरी लगानी गरिन लागेको हो ।

dharapani-mandirडिभिजन वन कार्यालय घोराहीमार्फत संघीय सरकारको रू. ९५ लाख र प्रदेश सरकारको रू. ११ करोड लगानी गरिन लागे डिभिजन वन कार्यालयका पर्यटन शाखा प्राविधिक प्रकाशबहादुर साउदले बताए । ‘जिल्लाको पर्यटन प्रवद्र्धन र विकास लागि चालु आर्थिक वर्षमा ठूलो लगानी गरिदैछ’, उनले भने, ‘केही स्थानमा काम शुरु भइसकेको छ भने केही स्थानमा प्रक्रियामा छ ।’

यस वर्ष जिल्लाका दुई स्थानमा सबैभन्दा ठूलो रकम खर्च गरिदैछ । प्रदेश नं. ५ सरकारको तर्फबाट जिल्लाको धार्मिक पर्यटकीय क्षेत्र बाह्रकुने दह बहुउद्देश्य पार्क निर्माणको लागि रू. १ करोड ५० लाख र घोराही उपमहानगरपालिका १८ स्थित घोरदौरामा सांस्कृति डवली निर्माणका लागि रू. १ करोड ५० लाख बजेट विनियोजन भएको प्राविधिक साउदले जानकारी दिए ।

त्यस्तै धार्मिक पर्यटकीय क्षत्रे पाण्डवेश्वर धाम धारापानीमा पार्कसहित भौतिक पूर्वाधार निर्माणका लागि रू. १ करोड र घोराहीमा लखन थापा पार्क निर्माणका लागि रू. १ करोड लगानी गरिदैछ । संघीय र प्रदेश सरकारको यो लगानीले दाङको पर्यटकीय क्षेत्र विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिको निर्वाह गर्ने पर्यटन प्रवद्र्धन समिति दाङका संयोजक एवं जिल्लासमन्वय समिति दाङका सभापति जितेन्द्रमान नेपालीले बताए । ‘यसै वर्ष सरकारले भ्रमण वर्ष २०२० पनि सञ्चालन गरेको छ भने जिल्लाको पर्यटन क्षेत्रमा ठूलो लगानी पनि हुँदैछ’, उनले भने, ‘यसले दाङकै पर्यटन क्षेत्रले फड्को मार्नेछ ।’

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com