IMG_7985

राष्ट्रपति रनिङ शिल्डमा सर्बोदयले २५ पदक हात पार्यो

देउखुरी, २ फागुन । सर्बोदय माध्यामिक विद्यालय सिसहनियाले राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी हात पारेको छ ।

IMG_7985गत माघ २८ देखी सुरु भएको माध्यामिक तथा आधारभुत विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै विद्यालयले २५ पदक हात पारेको हो । प्रतियोगिताको अन्तिम नतिजा अनुसार यस प्रकार सम्पुर्ण खेलमा १० स्वर्ण, ९ रजत र ६ कास्य गरी २५ पदक जितेको हो ।

त्यस्तै ज्ञानोदय माध्यामिक विद्यालय पत्थरगढवाले १० स्वर्ण, ६ रजत र ३ कास्य गरी १९ पदक जिति र दोस्रो भएको छ । माध्यामिक विद्यालय मौरीघाट ५ स्वर्ण, ३ रजत र ५कास्य गरी १३ पदक जिति र तेस्रो भएको छ । साथै मुनलाइट सेकेन्डरी स्कुल लालमटियाले २ स्वर्ण, र १ कास्य गरी ३ पदक जिति सान्तोना स्थान प्राप्त गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com