ghus-lidai

दुई लाख घुससहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौं, १ फागुन । डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेली नगद घुससहित पक्राउ परेका छन् ।

ghusअख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनी दुबै जनालाई २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

कावासोती नगरपालिका–८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट उक्त रकम घुस लिइसकेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको अख्तियार टोलीले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com