puspakamal dahal prachanda

अब जनयुद्धको नक्कलमा कुनै विद्रोह सम्भव छैन : प्रचण्ड

काठमाडौ, १ फागुन । तत्कालिन दश वर्षे जनयुद्धका सुप्रिम कमाण्डर एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनयुद्धको नक्कलमा कुनै विद्रोह सम्भवन भएको बताएका छन् ।

puspakamal dahal prachandaनेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’मा प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया र समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढिसकेको उल्लेख अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका हुन् ।

जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भन्दै उनले अब त्यो सम्भव नभएको दावी गरे ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com