pp

प्रदेश एक्स्पो ज्ञान र सीपको केन्द्र : मन्त्री केसी

इन्द्रेणी संवाददाता
दाङ, २९ माघ । प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर केसी ‘सोनाम’ ले प्रदेश सरकारले दाङको वेलझुण्डीमा आयोजना गरिने प्रदेश एक्स्पो ज्ञान र सीप प्रवाहको केन्द्र बन्ने बताए ।

ppआज दाङको घोराहीमा एक्स्पो प्रचारप्रसार उपसमितिले आयोजना गरेको पत्रकार भेटघाटमा एक्स्पो मूल समारोह समितिका संयोजक समेत रहेका मन्त्री केसीले एक्स्पो दाङसहित १२ वटै जिल्लाको सिकाइको केन्द्र बन्ने बताएका हुन् ।

प्रदेश सरकारले स्थापनादेखि दुई वर्षसम्म गरेका गतिविधिबारे जानकारी दिने उद्देश्यका साथ आयोजना गरिने एक्स्पोमा प्रदेश ५ को बिविधता, उत्पादन, पहिचान, संस्कृति र विकासको स्थितिको जानकारी गराउनुका साथै यहाँको कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा संस्कृतिको विकासलाई नमूनाको रुपमा स्थापन गर्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिब शंकरप्रसाद खरेलले प्रदेश एक्स्पोमार्फत भएका काम देखाउने, अनुभब साट्ने र सुझाब लिने थलो निर्माण गर्ने बताए । यही फागुन १०, ११ र १२ गते दाङ वेलझुण्डीमा आयोजना हुन लागेको

एक्स्पोमा प्रदेशका १२ वटा जिल्लाबाट सहभागी हुने छन् । एक्सोपमा योगा, ध्यान शिविर, विशेषज्ञ डाक्टरद्वारा मुटु र क्यान्सर रोगको निःशुल्क उपचार, शैक्षिक एवं वैज्ञानिक कार्यक्रमहरु, युवा तथा बालबालिकाहरुका लागि नवीन खेलहरु, प्रदेश ५ का नाच, दोहरीगीत, सारंगी वादन, झाँकी, चर्या नृत्य सहित २ वटा मण्डला निर्माण गरिनेछ । एक्स्पोमा ५० वटा सरकारी स्टल र करीब ५ सय जति अन्य स्टलहरु रहने छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com