p5

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ को भेला तुलसीपुरमा

तुलसीपुर, २८ माघ । नेपाल उद्योग वाणिज्य महासंघको पांच नंवर प्रदेशभेला मंगलवार तुलसीपुरमा सम्पन्न भएको छ ।

p5प्रदेश नंवर ५ का अध्यक्ष गुणनिधि तिवारीको अध्यक्षतामा भएको भेलामा नेपालमा लगानी बर्षको सन्दर्भमा व्यवसायिको भूमिका, नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउने सन्दर्भ, नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको तयारी तथा दाङ जिल्लाको बेलझुण्डिमै आयोजना हुन थालेको प्रदेश नंवर ५ को एक्स्पोलाई सफल बनाउने, मेला महोत्सवलाइ व्यवस्थापन गर्ने सन्दर्भ लगायतका विषयमा छलफल भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको चैत अन्तिमसाता हुन गइरहेको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष, र केन्द्रिय सदस्यहरुको नाम सर्वसम्मत रुपमा प्रस्ताव गरिएको छ । वरिष्ठ उपाध्यक्षमा आइएमइ ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम सर्वसम्मत रुपमा प्रस्ताव तथा अनुमोदन गरेको छ ।

त्यस्तै प्रदेश नंवर ५ का वर्तमान अध्यक्ष गुणनिधि तीवारीको नाम जिल्ला तथा नगर उपाध्यक्षमा सर्वसम्मत रुपमा प्रस्ताव एवं समर्थन गरिएको आतिथ्य शाखा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीर वहादुर रावतले जानकारी दिए । त्यस्तै केन्द्रिय सदस्यमा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, किशोर आचार्य, कृष्ण प्रसाद श्रेष्ठ र चक्र वहादुर अधिकारीको नाम सिफारीस तथा अनुमोदन भएको छ ।

त्यस्तै प्रदेश नंवर ५ को अध्यक्षमा हेमराज बन्जाडे, शुरेन्द्र श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठको नाम सर्वसम्मत सिफारिस भएका छन् । प्रदेश भेलामा सहभागी पांच नंवर प्रदेशका जिल्ला तथा नगरगरी जम्मा ३६ उद्योग वाणिज्य संघहरुका करीव दुई सय भन्दा बढि उद्योगी व्यवसायीहरुले यी नामहरु सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com