rastapati

राष्ट्रपतिद्वारा सात विधेयक प्रमाणीकरण

काठमाडौ, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयकहरु प्रमाणीकरण गरेकी छन् ।

rastapatiराष्ट्रपति भण्डारीले भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक, राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयकको प्रमाणीकरण आज गरेकी हुन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले मंगलबार विधेयकहरु प्रमाणीकरण गरेकी हुन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com