Madan Krishna Shrestha Photo
Madan Krishna Shrestha Photo

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ तुलसीपुर आउँने

इन्द्रेणी संवाददाता 
तुलसीपुर । प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ तुलसीपुर आउने भएका छन् । हाँस्यव्यङ्गको क्षेत्रका लामो समयदेखि सक्रिय कलाकार श्रेष्ठ ज्ञानज्योति मावि तुलसीपुरले माघ २९ गते मनाउन थालेको रजत महोत्सवलाई सम्वोधन गर्नका लागि आउन लागेको कलेजका प्राचार्य सुरेन्द्र जिसीले जानकारी दिएका छन् ।

प्राचार्य जिसीका अनुसार मदन पुरस्कार समेत पाइसकेकी साहित्यकार निलम कार्की निहारीका र कलाकार श्रेष्ठकी छोरी एवम् गायिका सराना श्रेष्ठ समेत उक्त कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

२५ वर्षदेखि पश्चिम दाङ्गमा रहेर शिक्षा प्रदान गर्दै आएको ज्ञानज्योति मावि अहिले फाउन्डेसनका रुपमा रुपान्तरण भइसकेको छ । फाउन्डेसन अन्तर्गत विभिन्न ठाउँमा गरेर १० वटा विद्यालय सञ्चालनमा रहेको पनि प्राचार्य जिसीले जानकारी दिएका छन् । रजत महोत्सवका अवसरमा विद्यालयले प्रकाशन गरेको रजत स्मारिका समेत विमोचन गर्ने कार्यक्रम रहेको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com