korola

कोरोनाबाट मर्नेको संख्या ८११ पुग्यो, ३७५०० संक्रमित

काठमाडौं, २६ माघ । चीनमा महामारीको रुपमा देखिएको कोरोना भाइरसबाट मर्नेहरुको संख्या ८ सय ११ पुगेको छ भने विश्वभर ३७ हजार ५ सय मानिस संक्रमित छन् ।

korolaयो भाइरसबाट चीनमा मात्रै कोरोनाबाट ३७ हजार १९८ जना मानिस संक्रमित रहेको पुष्टी विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ । गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको बुहान शहरमा देखिएको कोरोना क्रमिक रुपमा अन्य देश र शहरहरुमा पनि देखिएको छ ।

हुबेईमा अहिलेसम्म कोरोनाको कारण सबैभन्दा धेरैको मृत्यु भएको छ । कोरोनाबाट चीनसँगै विश्वका अन्य २७ देशमा पनि यसका रोगी भेटिएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com