bijaya

गच्छदारको संसद पद निलम्बन

इन्द्रेणी संवाददाता

संसद सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद गच्छदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुचना संसदलाई दिएको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार गच्छदार सांसदबाट माघ २२ देखि स्वत: निलम्बित भएको संसद सचिवालयको सूचनामा उल्लेख गरिएको छ ।
भ्रष्टाचार मुद्दा दायर हुनासाथ सांसद पद स्वत: निलम्बनमा पर्ने कानुनी व्यवस्था छ । अदालतबाट सफाइ पाएको खण्डमा भने उनको सांसद पदमा पुनर्बहाली हुनेछ । कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता समेत रहेका गच्छदार भौतिक योजना मन्त्री रहेका बेला बालुवाटार ललिता निवासको जग्गा अनियमिततामा संलग्न रहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
उनीसँग अख्तियारले ९ करोडभन्दा बढी विगो मागदावी समेत गरेको छ । गच्छदारको पार्टी कांग्रेसले यसलाई राजनीतिक पूर्वाग्रहले प्रेरित भन्दै बिहीबार र शुक्रबार संसद अवरुद्ध गरेको छ । इकान्तिपुरबाट ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com