jak prashad sharma apar

समाज रुपान्तरणकाे प्रभावकारी हतियार शिक्षा हाे -शर्मा

 देविराम कुसारी

माघ २४ । राष्ट्रिय सभाका सदस्य जगप्रशाद शर्माले समाजकाे विकास र रुपान्तरणकाे सवैभन्दा प्रभावकारी हतियार शिक्षा भएकाे वताउनु भएकाे छ । शिक्षा विनाकाे चेतना खिया लागेकाे हतियार जस्तै हुने भन्दै उहाले वदलिदाे जिवनलाई स्थापित गराउनकाे लागि पनि शिक्षाकाे अहम भुमिका हुने वताउनुभयाे ।

साथै शिक्षामा सबैकाे पहुच पुर्याउन सरकारले कुनै पनि कसर वाकि नराख्ने उहाँले वताउनु भएकाे छ । चन्द्राेदय विद्याकुञ्ज तुलसीपुर उप-महानगरपालिका ११ उरहरी दाङकाे २६ औं वार्षिकाेत्सव समारोहलाई प्रमुख अथितीकाे आसनबाट  सम्वाेधन गर्दै राष्ट्रिय सभा सदस्य शर्माले देशमा निजि र सामुदायिक गरी दुई प्रकृया वटा शिक्षाकाे विकास भैरहेकाे बताउदै  शिक्षमा सरकारले विभेद नगर्ने वताउनु भयाे ।

सामुदायिक विद्यालयलाई सरकारी भनिने गरे पनि निजि विद्यालय पनि सरकारकै माथहतमा रहेकाे हुदा निजि क्षेत्र पनि सरकारकाे चासाेमा रहेकाे स्पष्ट पार्नुभयाे । शिक्षा जति वैज्ञानिक हुनुपर्ने त्यति नभए पनि पछिल्लाे समयमा शिक्षामा सरकारले व्यापक सुधार गरेकाे सदस्या शर्माले वताउनुभयाे । अझै पनि सबैका लागि र सबैकाे शिक्षा वनाउन गर्नुपर्ने सुधारका पहल आफुले गर्ने शर्माले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

विद्यलय सञचालक समितिका अध्यक्ष बलदेव शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रमलाई सम्वाेधन गर्दै तुलसीपुर उप-महानगरपालिकाका उप-मेयर माया शर्मा, वडा नम्वर ११ का वडा अध्यक्ष चित्रबहादुर वली लगाएतले शिक्षाकाे विकास र विस्तारका लागि आफुहरु लागिपर्ने वताउनुभयाे । विद्या कुञ्जका प्रधानाध्यापक दाेर्ण वस्नेतकाे स्वागत मन्तव्य वाट सुरु भएकाे कार्यक्रममा प्याब्सन नगर उपाध्यक्ष डम्मर डाँगी , दिव्य ज्याेति वाेर्डिङ स्कुलका प्रिन्सिपल मनाेज आचार्य , न्यु शान्ति कटाहाका प्रिन्सिपल केश कुमार खड्का, वेल्टाकुरा स्वास्थ्य चाैकिका अहेब यज्ञबहादुर केसी, नेपाली काँग्रेसमा अर्जुन केसी, अभिभावक हाेताराम वस्नेत, हरिदत्त कार्कि लगाएतले विद्या कुञ्जकाे सफलताकाे शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा विभिनन्न विधाका प्रतियाेगि छात्र छात्रालाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएकाे थियाे । सहायक प्रधानाध्यापक हरी वलीले सहजिकरण गरेकाे कार्यक्रममा प्रधानाध्यापक दाेर्ण बहादुर वस्नेतले विद्यालयकाे प्रगति विवरण प्रतुत गर्नुभएकाे थियाे ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com