HHH

रक्सीको मातमा लिङ्ग काटेर बीभत्स हत्या

झापा, २४ माघ । जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन मार्फत झापाको बिर्तामोड २ स्थित चारपानेमा गत माघ २० गते भएको बीभत्स हत्याका आरोपमा पक्राउ गरिएको दुइजनालाई सार्वजनिक गरेको छ ।
प्रहरीको अनुसन्धानबाट त्यो बीभत्स हत्या मादक सेवनका कारण भएको खुलेको छ ।

HHHजिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण तिम्सिनाका अनुसार घटना सामान्य विवादका कारण भएको खुलेको हो । हत्या आरोपमा पक्राउ गरिएका बिर्तामोड नपा–२ चारपाने निवासी वर्ष २० का करण चौधरी र सोही स्थानका वर्ष २८ का लक्ष्मण यादवको बयानबाट उक्त कुरा बाहिर आएको जनाइएको छ ।

उनीहरु तीनै जनाले २० गते साँझ चारपानेकै एक होटलमा रक्सी सेवन गर्दा बिबाद भएको थियो । बिबाद भएपछि चौधरी र यादव भनाभनपछि बाहिर निस्किएर गएको प्रहरीको भनाइ छ । केही समय पछि फर्केर आउदा समेत मृतक भारतको अररिया जिल्लाको हसन महोल्ला निवासी बर्ष ४० को सुवास शेख त्यही रक्सी खाइरहेका थिए ।

त्यही भएपछि पुन बिबाद भएपछि हातहालाहाल भयो । दुबैजना मिलेर शेखलाई ढुङ्गा इट्टाले हानेर घाइते बनाएका थिए । शक्त घाइते भएर बेहोसभएपछि शेखको चाँडै मृत्यु होस भनेर उसको लिङ्ग काटेको प्रहरीको बयानमा आरोपी चौधरी र यादवले स्वीकार गरेका छन् ।
उनीहरुको साथबाट लिङ्ग काट्न प्रयोग गरिएको चक्कु, चुरोट, मोवाइल लगायतका सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com