IMG_20200207_125637

मेचीकाली सेकेन्डरी बोडिङ स्कूल २२ वर्षमा प्रवेश

इन्द्रेणी संवाददाता
दाङ, २४ माघ । दाङको घोराहीमा रहेको मेचीकाली सेकेन्डरी बोडिङ् स्कूल २२ वर्षमा प्रवेश गरेको छ । स्कूलले आज भव्य समारोहको आयोजना गरी आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन प्रदेश नं. ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले गरेका थिए ।

IMG_20200207_121116समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य डाँगीले अवको आवश्यकता भनेको आधुनिक र सिपमूलक प्राविधिक शिक्षा भएको बताए । समयअनुसार शिक्षा नीति पनि परिवर्तन गर्न आवश्यकता औल्याउदै डाँगीले आधुनिक सिपमूलक प्राविधिक शिक्षाले मात्रै देशको लागि आवश्यक दक्षजनसक्तिको उत्पादन गर्न सक्ने बताए । पछिल्लो समयमा आधुनिकताका नाममा केही महत्वपूर्ण शब्दहरु लोप हुन लागेको प्रति उनले चिन्ता समेत व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले २१ औं शताब्दीमा पनि नेपालको शिक्षा प्रणाली १७ औं शताव्दीको भएको भन्दै अहिलेका समयमा १७ औं शताव्दीको शिक्षा प्रणालीले दक्षजनसक्ति उत्पादन गर्न नसक्ने बताए ।

IMG_20200207_121721कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष प्याव्सन दाङका उपाध्यक्ष निर्मल न्यौपाने, शिक्षक अभिभावक संघका अध्यक्ष मौसम आचार्य, सदस्य मोतिलाल न्यौपाने, प्याव्सन घोराही नगर समितिका अध्यक्ष विरेन्द्र चन्द, शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्यलगायतको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स्कूल सञ्चालक समितिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्कूलका प्रिन्सिपल चक्र रावतले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लामो समयदेखि स्कूलले गुणस्तरीय शिक्षाका लागि संघर्ष गर्दै आरोहअवरोह पार गर्दै अहिलेको अवस्थामा आउन सफल भएको बताए ।

IMG_20200207_130501सो अवसरमा स्कूले आयोजना गरेका विभिन्न अतिरिक्त क्रिर्याकलापमा प्रथम, द्धितीय, तृतीय, सान्तोन भएका र गत वर्षमा कक्षा प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । समारोहमा स्कूलका बालबालिकाले विभिन्न नृत्य पनि प्रस्तुत गरेका थिए । कक्षा १० की छात्रा उपासना चन्द र स्कूलका लेखा समिति संयोजक विष्णु अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण इञ्चार्ज नवराज खत्रीले गरेका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com