photo

ललिता निवास जग्गा प्रकरण : मुद्दा दर्ता भएका सबैको सम्पत्ति छानबिनमा

काठमाडौं, २४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेसँगै सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता भएका सबैको सम्पत्ति छानबिन गर्न प्रक्रिया अगाडि बढाएको छ । सम्पत्ति शुद्धीकरण विभागका अनुसार भ्रष्टाचार मुद्दा दर्ता भएकाहरूको सम्पत्ति छानबिन थालिएको हो ।

photoअख्तियारले बुधबार जग्गा किनबेच प्रकरणमा मुछिएका १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । सो प्रकरणमा मुछिएका पूर्वआयुक्त दीप बस्न्यातको सम्पत्ति रोक्का गरेर छानबिन गरिरहेको छ ।

पूर्वसचिवहरू छविराज पन्त र दिनेशहरि अधिकारी, सरकारी जग्गा व्यक्तिका नाममा लैजान मुख्य भूमिका खेल्ने व्यापारी मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामकुमार सुवेदीको सम्पत्ति पनि छानबिन हुने भएको छ राजधानीमा खबर छ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com