amrit final

अमृत एकाडेमी १२ औ वर्षमा

तुलसीपुर, १९ माघ । तुलसीपुर उपमहानगरपालिका १८ विजौरीमा रहेको अमृत एकाडेमी १२ औ वर्षमा प्रवेश गरेको छ । ज्ञानज्योति एजुकेशन फाउन्डेसनले सञ्चालन गरेको विद्यालयले विशेष कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मनाएको छ ।

amrit finalतुलसीपुर उपमहानगरपालिकाका शिक्षा समिति संयोजक देवराज विकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै उनले संस्थागत विद्यालयले शिक्षाको गुणात्मक विकासका लागि विशेष भुमिका वहन गरेको वताएका थिए । प्रमुख अतिथि विकले व्यवहारिक शिक्षा प्रदान गर्नका लागि विद्यालयले खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।

फाउन्डेसनका अध्यक्ष टिकावहादुर जिसीले विभिन्न क्षेत्रमा रहेका वालवालिकालाई गुणात्मक शिक्षा प्रदान गर्नका लागि फाउन्डेसनले विभिन्न ठाउँमा विद्यालय सञ्चालन गरेको कुरामा जोड दिएका थिए । उनले गरिब तथा निम्नवर्गका वालवालिकाहरुलाई छात्रवृत्ति समेत दिएर अध्यापन गराइएको कुरामा जोड दिए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत दिएका थिए । विद्यालयका प्रिन्सिपल प्रताप सेजुलवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक भिम सुवेदीले गरेका थिए । सो अवसरमा उत्कृष्ट काम गरे वाफत विभिन्न शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com