agoo

श्रीमानले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै जलाए

काठमाडौं, १३ माघ । सिराहामा एक जना श्रीमानले घरायसी विवादमा आफ्नै श्रीमतीलाई जिउदै जलाएका छन् । सिराह औरी गाउँपालिका–२ का विनोद यादवले पारिवारिक लेनदेनको विषयमा विवादमा २१ वर्षीया अनिताकुमारी यादवलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका हुन् ।

agooआगोले जलेर घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पु¥याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आइतबार बिहान ३ बजे काठमाडौं कीर्तिपुर अस्पताल ल्याइएको थियो । तर, अस्पताल पु¥याउँदा नै उनको मृत्यु भइसकेको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com