22

आर्थिक संमृद्धिको आधार पर्यटन विकास : मन्त्री भट्टराइ

इन्द्रेणी संवाददाता
दाङ, १० माघ । तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा शुक्रवार देखि दाङको तुलसीपुरमा तुलसीपुर महोत्सव–२०७६ शुरु भएको छ ।
महोत्सवको उद्घाटन पर्यटन मन्त्री योगेश भट्टाराईले गरे ।

22महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टराइले पर्यटनको विकास नै मुलुकको आर्थिक संमृद्धिको एउटा वलियो आधार भएको बताए दाङको पर्यटन विकासका लागि यहाँको संस्कृतिलाई संरक्षण गर्न आवश्यक रहेको बताए । उनले यहाँ रहेका विविध संस्कृतिको संरक्षण गर्दै सबैको जीवनसेशैलीसँग जोडेर लैजानुपर्ने बताए । दाङको समग्र विकास गर्न सरकार सधै साथमा रहेको उल्लेख गर्दै त्यसका लागि साथ दिन आग्रह गरे ।

महोत्सव उद्घाटन समोरहका प्रमुख अतिथि समेत रहेका मन्त्री भट्टराइले महोत्सवको सफलताको कामना गर्दै जिल्लाको आर्थिक संमृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्न आयोजकलाई आग्रह गरेका थिए ।

माघ १० गते देखि २० गतेसम्म सञ्चालन हुने महोत्सवमा करीव २५० स्टलहरु रहने छन् । महोत्सव अवधिभर करीव ५ लाख दर्शकले अवलोकन गर्ने र रू. १५ करोडको आर्थिक कारोबार गर्ने अपेक्षा गरिएको आयोजकले अपेक्षा गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com