IMG_5910

राप्ती गाउँपालिका शिक्षाशाखालाई विद्युतिय शैक्षिक सामाग्री प्रदान

देउखुरी, ९ माघ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले राप्ती गाउँपालिकाको शिक्षा क्षेत्रमा थप सहजताको लागि शिक्षा शाखालाई विद्युतिय शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।

IMG_5910विहिवार एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिलाई राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक हल्लु प्रसाद चौधरीले सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

शिक्षा क्षेत्रमा उल्लेख्य काम गरेको र आगामी दिनमा कार्यमा थप सहज होस भनि दुई वटा हेवी ल्यापटप, एक वटा हेवि प्रिन्टर र एक वटा हेवी प्रोजेक्टर शिक्षा शाखालाई राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमले उपलब्ध गराएको हो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com