knife-blood

ससुराले गरे बुहारीको हत्या

इन्द्रेणी संवाददाता
दाङ, ९ माघ । दाङमा एक ससुराले आफ्नै वुहारीलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । दाङ गढवा गाउपालिका ४ रामनगर वस्ने ६५ वर्षका कुलमान कुँवरले आफ्नो वुहारी २७ वर्षकी बसन्ता कुँवरलाई चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

knife-bloodघरायसी विवादका कारण कुलमानले वुहारीमाथि चक्कु प्रहार गरेको र चक्कु प्रहारबाट घाइते भएकी बसन्ताको उपचारका क्रममा कोहलपुरमा मृत्यु भइको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वुहारीमाथि चक्कु प्रहार गर्ने कुलमानलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । वसन्तामाथि माघ ८ गते चक्कु प्रहार भएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com