82849809_185666052636875_7056426440337653760_n

उवासंघ र बारका पदाधिकारी विच परिचयात्मक कार्यक्रम

दाङ, ९ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्ला वार इकाइका नव निर्वाचित पदाधिकारीहरु संग परिचयात्मक कार्यक्रम गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित पदाधिकारीहरु संग परिचयात्मक तथा निर्वाचित भएकोमा वधाइ तथा शुभकामना दिएको हो ।

82849809_185666052636875_7056426440337653760_nकार्यक्रममा जिल्ला वारका अध्यक्ष शिवप्रसाद घिमिरेले जिल्लावार व्यवायिहरु त्था उद्योगीहरुसंग सहकार्य गरेर अगाडि वढने बताए । ‘हाम्री व्यवसायि तथा उद्योगीहरुसंग सहकार्य गरेर अगाडि वढने छौ’ अध्यक्ष घिमिरेले भने । सामाजिक संघ संस्थाहरु सहकार्य गरेर अगाडि वढनु पर्ने उनको भनाइ छ । बारका उपाध्यक्ष मणिराज आचार्य (मौसम)ले मानव अधिकारको संरक्षण गर्ने सामाजिक संघ संस्था सहकार्य गरेर अगाडि वढनु पर्ने बताए ।

आफुहरु उद्योगी तथा व्यवसायिहरुलाई आइ पर्ने समस्या समाधान गर्ने तयार रहेको समेत बताए । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष रामदयाल गुप्ता लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । संघका उद्योग उपाध्यक्ष बशन्त जोसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव नरेश कार्कीले गरेका थिए ।

यसैविच दाङमा हुन थालेको कर सम्वन्धी तालिममा सहभागि हुन दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसायि तथा उद्यीहरु लाई आग्रह गरेको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसालले दाङमा हुन थालेको राष्ट्रीय स्तरीय तालिमको सदुपयोग गर्ने आग्रह गरे ।

साना तथा मझौला व्यवसायि करदाताहरु लाई तालिमको माध्यमवाट कर सम्वन्धी शिक्षा प्रदान गर्ने थालिएको हो । तालिममा कानुनले निर्दिष्ट गरेको व्यवस्थाहरु, पालना गनुपर्ने, कर फारामहरु भर्दा हुने त्रुटि कम गर्न तालिमको आयोजना गरिएको बताइएको छ ।

तालिम आन्तरीक राजस्व विभाग काठमाडौ, तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको सह आयोजनामा तालिम सञ्चालन हुन थालेको हो । तालिम माघ १० र ११ गते घोराहीमा हुने छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com