kisan

बक्यौता रकम नपाएपछि उखु किसान फेरि आन्दोलित

सर्लाही, ९ माघ। सरकारले १८ पुसमा किसानसँग गरेको पाँचबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उखु किसान संघर्ष समिति सर्लाहीले पुनः आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।सरकारले पुस १८ गते काठमाडौंमा पाँचबुँदे सहमति गरी उखु किसानको पुरानो बक्यौता रकम ७ माघभित्र भुक्तानी गरिसक्ने सहमति गरेको थियो ।

kisanउखु किसान संघर्ष समिति सर्लाहीले सहमति कार्यान्वयन नगरेको भन्दै बुधबार मलंगवामा पत्रकार सम्मेलन गरी माघ ९ देखि १८ माघसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

किसानले पहिलो दिन १० माघमा कालोपट्टी बाँधेर खेतमा काम गर्ने, ११ देखि १७ माघसम्म गाउँगाउँमा उखु किसान जनजागरण अभियान सञ्चालन गर्ने र १८ माघमा गोडैता बजारमा उखु किसानको भेला गरी नयाँ आन्दोलनको स्वरूप र मिति तय गरिने संघर्ष समितिसर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताए ।

सरकारले उखु किसानलाई झुक्याएर काठमाडांैबाट घर पठाएकाले १८ माघसम्म पनि किसानको बाँकी सबै रकम भुक्तानी नपाए कडा आन्दोलन गर्ने रायले चेतावनी दिए । उनले विगतमा सरकार र उद्योगसँग भएको सहमतिको तत्कालै कार्यान्वयन गरी आन्दोलनको अवस्था आउन नदिन आग्रहसमेत गरे । सर्लाही सञ्चालित तीनवटा चिनी उद्योगमध्ये इन्दुशंकर चिनी उद्योग हरिवनले मात्र किसानको पुरै रकम भुक्तानी गरेको छ ।

बाँकी महालक्ष्मी सुगर मिल बगदहले १० करोड र अन्नपूर्ण सुगर मिल धनकौलले ३५ करोड किसानको रकम भुक्तानी गर्ने बाँकी रहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । त्यसैगरी, सरकारले उखु किसानलाई दिनु पर्ने १ अर्ब ३४ करोड रुपैयाँ अनुदान अहिलेसम्म पनि पाउन सकेका छैनन् । राजधानीबाट

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com