Hele

रुकुम स्यार्पुतालमा हेलिप्याड निर्माण

रुकुम, ९ माघ । रुकुम पश्चिमको पर्यटकीय क्षेत्र स्यार्पूताल नजिकै हेलिप्याड निर्माण भएको छ । बाँफीकोट गाउँपालिका–३ स्थित स्यार्पुताल छेवैमा बाँफिकोट गाउँपालिका र नेपाली सेनाको नरसिंह दल गणले संयुक्त प्रयासमा हेलिप्याड निर्माण गरिएको हो ।

Heleविशेषगरी जटिल प्रकृतिका प्रसूति सम्बन्धी बिरामी र अन्य प्राकृतिक विपत्तिको समयमा एम १७ हेलिकोप्टर अवतरण हुनेगरी हेलिप्याड निर्माण गरिएको छ ।

हेलिप्याड निर्माणले यहाँका स्थानीयलई जटिल समस्याका लागि सहयोग पुग्नसका साथै स्यार्पुतालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com