electio

राष्ट्रिय सभाको रिक्त पदका लागि मतदान आज

काठमाडौं, ९ माघ । राष्ट्रिय सभाका १८ सिटका लागि मतदान आज हुँदैछ । राष्ट्रिय सभामा २० फागुनदेखि रिक्त हुने १८ पदका लागि निर्वाचन हुन लागेको हो।

electioमतदानका लागि स्थानीय तह सदस्य तथा प्रदेश सभाका मतदाताहरू सम्बन्धित प्रदेशको निर्वाचन केन्द्रमा पुगिसकेका छन् ।
मतदानका लागि निर्वाचन आयोगले आज बिहान १० देखि अपरान्ह ४ बजेसम्म समय तोकेको छ।

सातवटा प्रदेशका ५५० प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ जना मतदाता रहेको आयोगले जनाएको छ ।

प्रदेश १ का लगि मोरङको विराटगर, प्रदेश २ का लागि धनुषाको जनकपुर, बागमती प्रदेशका लागि ललितपुर महानगरको ललितपुर र गण्डकी प्रदेशका लागि पोखरामा निर्वाचन केन्द्र तोकेको छ।

यस्तै, प्रदेश ५ का लागि दाङको घोराही, कर्णाली प्रदेशका लागि वीरेन्द्रनगरको सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि डोटीको सिलगढीमा मतदान केन्द्र तोकेको छ । निर्वाचनमा नेकपाका १६, नेपाली कांग्रेसका १६, समाजवादी पार्टीका सात, राष्ट्रिय जनता पार्टी नेपालका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र राष्ट्रिय जनमोर्चाका दुई जना गरी जम्मा ४५ जना उम्मेद्‌वार रहेका छन्।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com