83133349_2935534136510806_8961804856331337728_o (1)

उदाहरण समूहले साहित्यक कार्यक्रम भोली

दाङ, ८ माघ । साहित्य, संगीत र कलाको क्षेत्रमा काम गर्दै आएको उदाहरण समूह, नेपालले विहिबार घोराहीमा ‘समानान्तर स्वरहरु’ शिर्षकको कार्यक्रम आयोजना गरेको छ । महिला आन्दोलन, समावेशी, लेखनमा महिला सहभागीता, महिला उद्यमशीलता र सशक्तिकरण, जागरण र आर्थिक न्याय लगाएतका विषयमा महिला आन्दोलनमा लामो समय काम गरेका अधिकारकर्मीसँग बहस कार्यक्रम हो ।

83133349_2935534136510806_8961804856331337728_o (1)महिला आन्दोलनमा पत्रकारिताको माध्यमबाट काम गर्दै आएका पत्रकार तथा महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रिय सचिव लक्ष्मी आचार्य, महिला सशक्तिकरणका लागि सामाजिक तथा आर्थिक जागरणमा लामो समयदेखि काम गर्दै आउनु भएका विमला योगी र हिंसापीडित महिलाहरुको न्यायका लागि काम गर्दै आउनु भएका सक्षम महिला सामुदायीक संस्थाका अध्यक्ष रचना सुबेदीसँग बहस हुने उदाहरण समूह, नेपालका अभियान्ता नवीन अभिलाषीले जानकारी दिए । घोराहीको भिंग्रेली भिलेज रिसोर्टमा विहान ११ बजे कार्यक्रम हुने उदाहरण समूह, नेपालले बताएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com