pp

तुलसीपुरमा मेट्रो कलेजको उद्घाटन

इन्द्रेणी संवाददाता
दाङ, ८ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकाले बहुप्राविधिक शिक्षालय ‘मेट्रो कलेज’ सञ्चालनमा ल्याएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरामा सञ्चालनमा ल्याएको उक्त मेट्रो कलेजको बुधवार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गरे ।

ppकलेजको उद्घाटन गर्दै मन्त्री पोख्रेलले यो बहुप्राविधिक शिक्षालय ‘मेट्रो कलेज’ सञ्चालनमा आउनु जिल्लाकै शैक्षिक क्षेत्रको विकास भएको बताए । यो कलेजले दाङको शिक्षा क्षेत्रमा एउटा इट्टा थपेको उनको भनाइ थियो । यो कलेजलाई नमूना बनाउने बताउदै उनले यसका लागि प्रदेश सरकारले कलेजका लागि यसवर्ष रू. १० करोड बजेट सहयोग गर्ने जानकारी दिए ।

करीव दश विगाह क्षेत्रफलमा सञ्चालनमा आएको उक्त कलेजमा प्राविधिक व्यवसायी परिषद् (सिटीइभिटी) बाट मान्यता प्राप्त डिप्लोमा तहका सबै प्राविधिक शिक्षाको पठनपाठन हुनेछ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com