duna

महिलाले चलाएको दुना टपरी उद्योग

उदय बीसी
दाङ, ७ माघ । घर अगाडि वाँसले वेरेर बनाइएको सानो छाप्रोमा । त्यही छाप्रोभित्र करीव सात वर्षदेखि दुना टपरी उद्योग सञ्चालन गरिएको छ । सानो लगानीबाट २०६९ सालमा सञ्चालन ल्याइएको घोराही उपमहानगरपालिका वडा नं. १८ रातामाटास्थित ‘सहारा दुनाटपरी फर्म’ ले अहिले महिलाहरुलाई स्वरोजगार बनाएको छ । सात वर्ष अघि जिल्ला लघु उद्यमले प्रदान गरेको मेसिनबाट सहारा दुनाटपरी फर्म समूहका १७ जना महिलाले काम गर्दै आएका छन् ।

dunaस्थानीय वाघखोर सामुदायिक वनमा खेर गइरहेका सालका पालहरुलाई संकलन गरेर फुर्सदको समयमा समूहमा आवद्ध १७ महिला र एक जना पुरुषले दुना टपरी बनाउने काम गरिरहेको समूहका अध्यक्ष शान्ति चौधरीले बताइन् । ‘घरको काम त छदैछ त्यो भन्दा बचेको फुर्सदको समयमा हामीहरुले उद्योगबाट दुना टपरी बनाउदै आएका छौं’, वाँसको छाप्रोमा रहेको उद्योगलाई देखाउदै उनले भनिन्, ‘फुर्सदको समय उपयोग भएको छ थोरै भएपनि आम्दानी भएको छ तर उद्योग राख्नका लागि घर बनाउन सकिरहेका छैनौं ।’

आर्थिक समस्याका कारण उद्योगका लागि व्यवस्थित घर निर्माण गर्न नसकेको उनको भनाइ छ । कसैले सहयोग पाएमा भवन निर्माण गरी उत्पादन समेत वढाउने सोचमा रहेको अध्यक्ष चौधरीले बताइन । यसरी उत्पादन भएका दुना टपरी विक्रीमा भने कुनै समस्या छैन । उद्योगबाट उत्पादन भएका दुना टपरी जिल्लाको घोराही, तुलसीपुर, नारायणपुरका वजारहरुमा जाने गरेको अध्यक्ष चौधरीको भनाइ छ । उनका अनुसार जिल्ला वाहिर पनि माग भएमा पठाउने गरिएको छ ।

जिल्लामा रहेका होटेलहरुमा वढी जाने गरेकोे छ भने चार्ड पर्वको समयमा, विवाह, पुर्जा आर्जामा पनि सालका दुना टपरी विक्री हुने गरेको छ ।
उद्योग वाट ३ प्रकारका सामाग्री उत्पादन गरिने गरेको छ । टपरी, ठुलो दुना र साना दुना उत्पादन गर्ने गरेको अध्यक्ष चौधरीले बताइन । टपरी प्रति पिस ५ रुपैयामा, दुना ठुला १ सय २० रुपैयाको १ सय वटा र दुना सानो ७० रुपैयाको १ सय पिस दिने गरेको छ । उद्योगमा दैनिक ८ जनाले काम गर्ने गरेको उनको भनाइ छ ।

समुहका काम गर्दा सहयोग आदान प्रदान हुने गरेको समूहकी सदस्य सीता चोधरीले बताइन् । ‘समुहका काम गर्दा काम गर्न सहज तथा काम गरेको अनुभव समेत हुने गरेको छैन’ उनले भनिन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com