Untitled-1 copy

कृषि औद्योगिक महोत्सवमा स्थानीय उत्पादनका स्टललाई १० प्रतिशत छुट

घोराही, ६ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १० देखि २२ गते सम्म घोराहीमा आयोजना गर्न थालिएको नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६ मा स्थानीय उत्पादनका स्टललाई १० प्रतिशत सहुलियतमा प्रदान गरिने भएको छ ।

Untitled-1 copyमहोत्सव मूल आयोजक समितिको आज बसेको बैठकले महोत्सवमा स्थानीय उत्पादनका स्टलाई अन्य स्टलको तुलनामा सहुलियत प्रदान गरिएको मूल आयोजक समितिका संयोजक एवम् चेम्वर अफ कमर्स दाङका अध्यक्ष श्रीधर महराले जानकारी दिनुभयो । ‘महोत्सवमा स्थानीय व्यवसायीहरुको उत्पादन तथा बस्तुले प्राथमिकता पाओस् भन्ने उद्देश्यले हामीले सहुलियत प्रदान गर्ने निर्णय गरेका हौं,’ उहाँले भन्नुभयो, ‘महोत्सवमा बाहिरका उत्पादन भन्दा स्थानीय उत्पादनलाई नै बढी प्रथमिकता दिइने छ ।’
त्यसैगरी चेम्वर अफ कर्मसका साधारण सदस्यहरुको स्टललाई १५ प्रतिशत छुट प्रदान गरिने छ ।

महोत्सवका समिति तथा उपसमिति बिस्तार
महोत्सवलाई सफल बनाउन गठन गरिएका विभिन्न समिति तथा उपसमितिहरु बिस्तार गरिएको छ । सस्थाका सस्थापक अध्यक्ष दीपक सुवेदीको संयोजकत्वमा रहेको अनुगमन तथा मूल्याङ्कन समितिमा विवेक श्रेष्ठ, यज्ञबहादुर वली, सविन प्रियाशन, मञ्जु वज्राचार्य, टोपबहादुर घर्ती, अजय न्यौपाने, भुपबहादुर केसी र प्रदीप गौतम रहनुभएको छ ।

त्यसैगरी सस्थाका उपाध्यक्ष बलदेव योगीको संयोजकत्वमा रहेको स्टल व्यवस्थापन समितिमा दामोदर केसी, भोजरार अधिकारी, धनबहादुर केसी, धनिराम योगी र विक्रमम कँवर सदस्य रहनुभएको छ ।

उपाध्यक्ष घनश्याम अधिकारीको संयोजकत्वमा रहेको कार्यक्रम तथा मञ्च व्यवस्थापन समितिमा डा. शिवकुमार सुवेदी, सुरामणी वेल्वासे, डा. लोकराज पराजुली, डा. गोविन्द आचार्य, पद्यमप्रसाद शर्मा, सुदीप गौतम, टिकाराम उदासी, प्रविण शर्मा, सुलोचना गौतम, लक्ष्मी आचार्य, शारदा शर्मा र रुद्रबहादुर डाँगी सदस्य रहनुभएको छ ।

कोषाध्यक्ष विकास अग्रवालको संयोजकत्वमा रहेको अर्थ समितिमा इश्वर पुन, शोकबहादुर रोका, केबी वली, रमेशकुमार राजभण्डारी, वामदेव रिजाल (देवदास) र देबहादुर वलीलाई थप गरिएकोे छ ।

नारायण लामिछानेको संयोजकत्वमा रहेको भौतिक निर्माण तथा मञ्च व्यवस्थापन उपसमितिमा सन्तोष पोख्रेल, विष्णुप्रसाद श्रेष्ठ, शरद अधिकारी, श्रवणकुमार भण्डारी, बसन्तराज अधिकारी सदस्य रहनुभएको छ । प्रभा वलीको संयोजकत्वमा रहेको पुरस्कार तथा प्रमाणपत्र तयारी उप–समितिमा रामहरी अधिकारी, सिता डिसी, निर्मला बुढा र कमला पन्थ रहनुभएको छ ।

तिलका केसीको संयोजकत्वमा रहेको मञ्च सजावट उपसमतिम माया जिसी, नौसरी महरा, वालिका महरा, लक्ष्मी डाँगी, माया केसी, सरला पौडेल यज्ञश्वरी चन्द सदस्य रहनुभएको छ ।

लक्ष्मी अधिकारीको संयोजकत्वमा रहेको शोभायात्रा परिचालन तथा व्यवस्थापन उपसमितिमा शारदा पोख्रेल, हुमा डिसी, विष्णुराम आचार्य, कमला नेपाल, पूजा योगी र मिना विष्ट सदस्य रहनुभएको छ ।

विनोदकुमार पाण्डेको संयोजकत्वमा रहेको अतिथि सत्कार उपमसमितिमा मित्रदेव अधिकारी, विष्णु सुवेदी, सिजन पोख्रेल, नारायणप्रसाद लामिछाने, नेत्रप्रसाद पौडेल, काशिराम नेपाल र कमलप्रसाद भट्टराई सदस्य रहनुभएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com