narayan-kaji-shrestha

एमसीसी बारे त्यो मेरो अभिव्यक्ति होइन -श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठले मिडियामा आफ्नै अभिव्यक्ति पढेर आफै तीनछक परेको बताउनु भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०बारे आफूले बोलेका कुरा सरकारी सञ्चारमाध्यमबाटै बाङ्गिएर आएपछि आफू अचम्म परेको उहाँले बताउनु भयो ।

राष्ट्रियसभा निर्वाचनको चुनावी प्रचारका लागि बाग्लुङ पुग्नुभएका श्रेष्ठले दैनिक अनलाइनसँग भन्नुभयो, ‘एमसीसीको विषयमा पार्टीको स्थायी समितिको बैठकमा पर्याप्त छलफल भएको छ र सचिवालयलाई निर्णय गर्ने जिम्मा दिएको छ । राष्ट्रिय हितलाई सर्वोपरि राख्दै सचिवालयले उचित निर्णय गर्छ ।’

उहाँले आफूले कुनै पनि विषयको राष्ट्रिय हितमा निर्णय लिनुपर्छ भनेर बोलेको तर समाचारमा अर्कै कुरा आएको उल्लेख गर्नुभयो । प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘एमसीसीलाई राष्ट्रको हितलाई सर्वोपरि राखेर उचित निर्णय गर्ने भन्ने कुरा र त्यसैलाई राष्ट्रिय हितमा कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा एउटै होइन ।’ एमसीसीबारे यतिबेला दुई अतिवादी सोच रहेको बताउँदै नेता श्रेष्ठले भन्नुभयो, ‘यो नेपालको हितमा छ कि छैन हेरिन्छ । नेपालको हितका लागि मात्र निर्णय हुन्छ ।’

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com