rukum

पर्यटन सूचना केन्द्र चार वर्षदेखि बन्द

रूकुम, २९ पुस । पर्यटन वर्ष २०२० शुरु भइरहदा रूकुम पश्चिमको सदरमुकाम मुसीकोट खंलगामा रहेको पर्यटन सूचना केन्द्र करीब ४ वर्षदेखि बन्द रहेको छ ।

Rukumपर्यटकीय क्षेत्रको सूचना संकलन गर्ने, प्रचारप्रसार गरी आन्तरिक तथा बा≈य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको केन्द्र आर्थिक अभावले ४ वर्षदेखि बन्द भएको पर्यटन सूचना केन्द्रका अध्यक्ष दीपकराज खड्काले जानकारी दिए ।

बालमन्दिर हलमा रहेका कार्यालयले भाडा नै तिर्न नसकेपछि सूचना केन्द्र बन्द भएको खड्काले बताए । २०७१ मा स्थापना भएको केन्द्र २०७२ चैतसम्म सञ्चालन भएको थियो । भ्रमण वर्षमा समेत सूचना केन्द्र सञ्चालन हुन नसक्दा पर्यटकलाई समस्या परेको स्थानीयको भनाइ छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com