Phh

तुलसीपुर उपमहानगरपालिकामा उद्योग ग्राम बनाउने सहमति

काठमाडौं, २९ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकामा उद्योग ग्राम स्थापना गरिने भएको छ । जसका लागि आज तुलसीपुर उपमहानगरपालिका र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयबीच उद्योग ग्राम स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Phhसमझदारी पत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट सहसचिव शोभाकान्त पौडेल र तुलसीपुर उपमहानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले हस्ताक्षर गरेका छन् । सो क्रममा उद्योग ग्राम स्थापना गर्नका रू. ९२ लाखको चेक समेत हस्तान्तरण गरिएको थियो ।

हस्ताक्षर पत्रमा स्थानीय तहकै लगानीमा ३ महिनाभित्र बिस्तृत परियोजना प्रतिबेदन बनाएर काम अगाडि बढाउने उल्लेख छ । उद्योग मन्त्रालयले पहिलो चरणमा मुलुकभरका ३२ बटा स्थानीय तहमा यो कार्यक्रम लागू गरेको छ । दाङमा १० वटा स्थानीय तहमध्ये तुलसीपुरमा मात्रै यो कार्यक्रम लागू गरेको हो

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com