प्रेश बिज्ञप्ती ...

बिश्वकर्माले बिप्लब पार्टी परित्याग गरेको घोषणा

रोल्पा, २८ पुस । सरकारद्वारा प्रतिबन्धित नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा बिप्लब समूहको भातृ संगठन दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य भिमबहादुर बिश्वकर्माले पार्टी परित्यागको घोषणा गरेका छन् ।

प्रेश बिज्ञप्ती ...जिल्ला प्रशासन कार्यालय रोल्पा समक्षा आइतवार प्रेश बिज्ञप्ती सार्बजनिक गरी बिप्लब माओबादीले अपराधीक गतिबिधिलाई प्रशय दिई हिंसात्मक बन्न पुगेको उल्लेख गर्दै अबदेखि आफू सामान्य नागरिकको रुपमा मात्र जिबनयापन गर्ने उल्लेख गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं १२ बेलभार दाङ बस्ने बिश्कर्मालाई पक्राउ गरी दाङबाट गत असार ८ गते रोल्पा ल्याइएको थियो । बिश्वकर्मालाई जिल्ला प्रशासन कार्यालय मार्फत सार्वजनिक शान्ति विरुद्धको कसुर अर्न्तरगतको मुद्दा दायर भई साउन ३ गते जिल्ला प्रशासनले ५० हजार रुपैया धरौटी तोकेको थियो तर उनले धरौटी तिर्न नसक्दा सोही दिन जिल्ला कारागार रोल्पा चलान भएका थिए ।
प्रहरी,प्रशासन को समन्वयमा हिजो बिश्वकर्माले धरौटी रकम तिरि प्रेश बिज्ञप्ती जारी गरि पार्टी समेत परित्याग गरेका हुन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com