melaaa

महोत्सव सफल बनाउन उपसमिति गठन

तुलसीपुर, २७ पुस । आगामि माघ ९ गतेदेखि १९ गतेसम्म तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने तुलसीपुर महोत्सवलाइ सफल बनाउन विभिन्न समिति र उपसमितिहरु गठन गरिएको छ ।

melaaaमहोत्सव आयोजक मुल समितिको बैठकले मुल आयोजक समितिको संयोजक विरवहादुर रावत(विरु)लाई मुल समिति संयोजक तोकेको छ ।
त्यसैगरी निदेर्शन कमिटीको संयोजकमा निवर्तमान अध्यक्ष विमल रिजाल रहेका छन् ।

बैठकले रामप्रसाद चालिसेको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन उपसमिति, मीनराज भण्डारीको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, ललित जंघ शाहको संयोजकत्वमा सांस्कृतिक उपसमिति, रुप वहादुर खत्रीको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति, डिल्ली वहादुर वलीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, विनिल केसीको संयोजकत्वमा टिकट व्यवस्थापन उपसमिति, देव वहादुर केसीको संयोजकत्वमा वाल उद्यान व्यवस्थापन उपसमिति, यज्ञ वहादुर केसीको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति गठन गरेको छ ।

त्यसैगरी  टेक प्रकाश केसीको संयोजकत्वमा आवास तथा भोजन व्यवस्थापन, सुनील आचार्यको संयोजकत्वमा साउण्डसिस्टम, तुले दमाइको संयोजकत्वमा पार्किङ व्यवस्थापन, हेमेन्द्र खड्काको संयोजकत्वमा खेलकुद व्यवस्थापन, हेमराज गौतमको संयोजकत्वमा शोभायात्रा, सपना बस्नेतको संयोजकत्वमा महिला उद्यमी व्यवस्थापन उपसमिति गठन गरेको छ ।

त्यसैगरी पवित्रा केसीको संयोजकत्वमा कृषि प्रदर्शनी, यम कुमारी घिमिरेको संयोजकत्वमा व्याच व्यावस्थापन, दुर्गा भण्डारीको संयोजकत्वमा योगा व्यवस्थापन, भुपाल रावतको संयोजकत्वमा प्रमाणपत्र व्यवस्थापन, शुरेश हमालको संयोजकत्वमा यातायात र स्वयमसेवक व्यवस्थापन, नारायण खनालको संयोजकत्वमा मन्च व्यवस्थापन, शरद रेग्मीको संयोजकत्वमा सन्चार व्यवस्थापन, राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन तथा मुल्यांकन उपसमिति गठन गरिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com