veda

तकसेरामा भेडा प्रजनन केन्द्र निर्माण गरिने

प्रवीर ददेल
रुकुम, २७ पुस । रुकुम पूर्वको तकसेरामा भेडा प्रजनन केन्द्र बनाइने भएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा तकसेरामा चालू आर्थिक वर्षभित्रै भेडा प्रजनन केन्द बनाउन लागिएको हो । उन्नत जातका भेडाको उत्पादन गरी किसानलाई वितरण गर्ने र भेडापालन व्यवसायमा युवालाई आकर्षित गर्ने उद्देश्यले उक्त केन्द्र बनाउन लागिएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए ।

vedaतकसेरामा भेडा प्रजनन केन्द्र स्थापना भएपछि जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाका भेडापालक कृषक लाभान्वित हुने स्थानीय विश्व बुढाले अपेक्षा गरे । प्रजनन केन्द्रमा पहिलो चरणमा स्थानीय जातका भेडाको १ हजार पाठी संकलन गर्ने र उन्नत जातका सार ल्याएर पाठा उत्पादन गरी किसानलाई बाँडिने प्रदेशसभा सदस्य ओलीले जानकारी दिए ।

उनले भने, ‘केन्द्रमा लामो तथा मसिनो ऊन उत्पादन हुने, अन्यभन्दा सजिलै हुर्काउन सकिने र मासु राम्रो हुने प्रजातिको भेडाको प्रवद्र्धन गरिनेछ ।’ आधुनिक गोठ निर्माण, दाना र प्राविधिकको व्यवस्था गरी युवालाई भेडापालनमा आकर्षित गरिने समेत उनको भनाइ छ । यसले आयआर्जनमा वृद्धि हुनुका साथै वैदेशिक रोजगारलाई निरुत्साहित गर्ने विश्वास गरिएको छ ।

यस क्षेत्रका अधिकांशले भेडापालन गरेका छन् । भेडापालनको व्यावसायिकता विकास र प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन समेत गरिएको प्रदेश सरकारले बताएको छ । भेडापालन व्यवसायका लागि पुथाउत्तरगंगा गाउँपालिका उपयुक्त रहेकाले लक्षित कार्यक्रम सञ्चालनका लागि स्वीकृत भइसकेको प्रदेशसभा सदस्य ओलीले जानकारी दिए । अध्ययनका अनुसार हाल गाउँपालिकाभर २० हजारदेखि २५ हजार भेडा छन् ।

आफूले पहिलेदेखि नै भेडापालन व्यवसाय गर्दै आएकोमा अब सरकारको सहयोग थपिने भएपछि निकै उत्साहित भएको तकसेरा–११ की सूर्यकुमारी पुनले बताइन् । उनले भनिन्, ‘केन्द्रले किसानलाई भेडापालन व्यवसायमा आकर्षित गर्नेछ ।’ अभियानबाट

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com