kp-oli

पुनर्निर्माणको काम छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाको कार्यप्रगति सन्तोषजनक रूपमा आगाडि बढेको बताएका छन् ।

kp-oliप्रधानमन्त्री ओलीले राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को पाँचौँ बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुँदै पुरातात्विक महìवका सम्पदाको पुनर्निर्माण सानो सङ्ख्यामा भए पनि जटिल र अप्ठ्यारो भएको बताए । उनले भने, “निजी आवासको काम व्यापक छरिएको र फैलिएको भए पनि अलि सजिलो छ, पुरातात्विक महìवका सम्पदाको तुलनामा । सम्पदाको पुनर्निर्माणमा प्रयोग हुने वस्तु, सीप, ज्ञान र ऐतिहासिकजस्ता विविध पक्षले जटिलता ल्याउँछ ।”

परिषद् बैठकको अध्यक्षता गर्नुभएका प्रधानमन्त्री ओलीले परामर्श परिषद्को बैठकमा प्रस्तुत कार्यप्रगति विवरण र कार्ययोजना, सांसदले उठाएका प्रश्न र सुझावलाई सश्लेषण गर्दै प्राधिकरणलाई तीनवटा निर्देशन दिए आजको गोरखापत्रमा खबर छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com