a sena

इरानी संसदले घोषणा गर्यो अमेरिकी सेनालाई आतंककारी

वसिंगटन, २३ पुस । इरान र अमेरिकाबीच तनाव बढिरहेको वेला इरानको संसद्ले अमेरिकी सेना र रक्षा मन्त्रालय पेन्टागनलाई आतंकवादी संगठन घोषणा गर्ने प्रस्ताव पारित गरेको छ ।

a senaइरानी संसद्ले विदेशी भूमिमा कार्य गर्ने कूड्स फोर्सका लागि अतिरिक्त रकम विनियोजन समेत गर्ने निर्णय गरेको छ । इरानको दक्षिणपूर्वी नगर केर्मानमा भेला भएका मानिसहरूलाई सम्बोधन गर्दै इरानको रिभोल्युसनरी गार्ड्स (आईआरजीसी) का प्रमुख हुसेन सलामीले भने, ‘सहिद कासिम सुलेमानी अहिले अझ शक्तिशाली भएका छन्‘ अहिले उनको मृत्यु भएको छ ।’

सुनेमानीको शवयात्रामा सहभागीहरू भएका लाखौं सर्वसाधारणले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा चर्को नाराबाजी गरेका थिए । ‘उनलाई ९सुलेमानीे० जनताको सेवा गर्न तत्पर महापुरुष मानिन्थ्यो‘। उनको हत्याको प्रतिशोध लिनैपर्छ,’ एक १८ वर्षीय विद्यार्थीले भने । सोमवार सर्वोच्च नेता आयतूला अलि खामनेईले तेहरानमा सुलेमानीको शवयात्रामा प्रार्थना गरेका थिए । उनलाई सुलेमानीको शवपेटिकामा आँशु झार्दै गरेको देखिएको थियो ।

इरानमा इस्लामिक प्रणालीको रक्षा गर्न चार दशकअघि आईआरजीसीको गठन भएको थियो । त्यसयता सो समूह एउटा महत्वपूर्ण सैन्य, राजनीतिक र आर्थिक बलको रूपमा स्थापित भएको छ । कूड्स फोर्स आईआरजीसी अन्तर्गत छ । उसले विदेशमा गोप्य गतिविधि सञ्चालन गर्दै आएको छ । एजेन्सी

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com