school

बीस सामुदायिक विद्यालयमा २ करोड लगानी हुँदै

तुलसीपुुर, २१ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले भौतिक सुविधा विस्तार अन्तर्गत विभिन्न विद्यालयहरुलाई भौतिक सुविधा दिने भएको छ ।

schoolउपमहानगरपालिका शिक्षा समितिको वैठकले २० वटा सामुदायिक विद्यालयहरुलाई विभिन्न सहयोग दिने भएका हुन् । बैठकले गरेको निर्णय अनुसार दुई कोठे ब्लक निर्माणका लागि प्रावि मुलकोट, मावि प्रतापकोट, मावि सेन्टर, मावि भित्री संक्राम, आवि सुन्दरनगर, मावि हरिपौरी र आवि बेलझुण्डी रहेको शिक्षा समिति संयोजक देवराज विकले वताएका छन् । उनले विद्यार्थी संख्या अनुपातमा कक्षाकोठाको संख्या कम भएका विद्यालयहरु सहयोग गरिएको पनि जानकारी दिए ।

त्यसैगरी मावि विजौरी, आवि छोटे र प्रावि करङ्गालाई वास सहित शौचालय निर्माणका लागि छनोट गरिएको पनि संयोजक विकले जानकारी दिएका छन् । उनका अनुसार सूचना प्रविधिका लागि मावि कालाखोला, मावि उरहरी, मावि दुधरास र मावि मानपुर रहेको पनि जानकारी थिए । छनोटमा परेका विद्यालयहरुलाई सूचना प्रविधि सम्वन्धि सामग्री उपकरण वितरण गरिनेछ ।

कार्यपालिका वैठकले गरेको निर्णय अनुसार मावि कुटिचौर, मावि दोघरे र मावि भ्युडहर सुनपुरले पुस्तकालयलाई पुस्तकालय वनाउने भएको छ । त्यसैगरी मावि खाद्रे, महेन्द्र मावि तुलसीपुर र मावि अम्वापुरमा विज्ञान प्रयोगशाला निर्माणका लागि कार्यपालिकाको वैठकले पारित गरेको छ । संघीय सरकारको सशर्त १ करोड ९८ लाख अन्तर्गत अनुदानको कार्यक्रम गरिएको कार्यपालिका सदस्य देवराज विकले वताए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com