yyy

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न दाङमा सचिवालय

दाङ ३ पुस । जिल्ला पर्यटन प्रवद्र्धन समिति दाङले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आज तुलसीपुरमा पत्रकारसँग छलफल गरेको छ ।

yyyभ्रमण वर्षमा प्रचार प्रसारको भूमिका पत्रकारले गर्ने भएकाले छलफल गरिएको समितिले जनाएको छ । जिल्ला पर्यटन प्रर्वद्धन समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले भ्रमण वर्षका कार्यहरुलाई नागरिक समक्ष पुराएर सहयोग गरिदन पत्रकारहरुलाई आग्रह गरे ।

भ्रमण वर्षको उद्घाटन पुस १६ गते घोराही उपमहानगरपालिका १३ को बराह क्षेत्र मन्दिरबाट गरिने छ । यसैविच जिल्ला पर्यटन प्रवद्र्धन समितिको सचिवालय कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वयको कार्यालयमा नै सचिवालय स्थापना गरिएको हो । प्रदेश न ५ का सासद अमरबहादुर डाँगीले विहीवार सचिवालयको स्थापना गरेका हुन ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com