naya-note

राष्ट्रिय योजना आयोगको तुलसीपुर उपमहानगरपालिकालाई ६ करोड वजेट

दाङ, ३ पुस । राष्ट्रिय योजना आयोगले तुलसीपुर उपमहानगरपालिका भित्रका विभिन्न गौरवका योजनाका लागि करिव ६ करोड रकम विनियोजन गरेको छ ।

naya-noteउपमहानगरपालिकाले प्रस्तावित गरेका विभिन्न योजनाहरुका लागि वहुवर्षिय रुपमा वजेट विनियोजन गर्ने गरी यो वर्षका लागि ५ करोड ७४ लाख विनियोजन गरिएको हो ।

नगर प्रमुख घनश्याम पाण्डेले दिएको जानकारी अनुसार योजना आयोगले तुलसीपुर वहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) को भवन निर्माणका लागि १ करोड १९ लाख, मावि विजौरीको भवन निर्माणका लागि रू. १ करोड, अश्वारा भिमसेन नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको भवन निर्माणका लागि रू. ७५ लाख,वडा नम्वर ४ मा रहेको मजुवा खानेपानी आयोजनाका लागि रू. ८० लाख, विपन्न परिवारलाई जस्तापाता वितरणका लागि रू. २ करोड रकम विनियोजन गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com