20191215_095632

सिन्धुपाल्चोकमा भयंकर दुर्घटना, १४ जनाको ज्यान गयो

इन्द्रेणी संवाददाता

भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ।

बा ४ ख ४४६८ नम्बरको बस कालिन्चोक दर्शन गरेर फर्किने क्रममा पाँच किलो भन्ने स्थानमा  दुर्घटनामा परेको हो ।  दुर्घटनामा १४जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख माधव काफ्लेले जानकारी दिए ।

उनका अनुसार घाइतेको संख्या एकिन नभए पनि २० जना घाइते भएको हुनसक्ने अनुमान गरिएको छ।

उद्दार कार्य जारी रहेकोले अहिले यसै भन्न नसकिने उनको भनाइ छ।  बस आज बिहान सवा ८ बजेतिर दुर्घटनामा परेको थियो।

थाहाखबरबाट

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com