bam

धनुषामा शक्तिशाली बम बिस्फोट, दुईको मृत्यु

इन्द्रेणी संवाददाता

धनुषामा शक्तिशाली बम बिस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो ।

विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो घाइते भएका छन् । साथै बिस्फोटमा परि मृतक राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com