20191206_124316

एमआरएफ टायरको डिलर दाङमा

इन्द्रेणी संवाददाता

दाङ । नेपाली टायर क्षेत्रमा एकक्षत्र राज गर्न सफल एमआरएफ टायर कम्पनीको आधिकारिक बिक्री डिपो दाङको घोराहीमा सन्चालनमा आएको छ ।

20191206_124316लामो समय टायर क्षेत्रमा राज गर्न सफल उक्त टायर कम्पनीको टायर फुटकरमा बिक्रीवितरण यस अघिबाटै भएपनी आधिकारिक बिक्री डिपो नभएकाले यस क्षेत्रको मागलाई मध्यनजर गर्दै बिक्री डिपो दाङमा संचालनमा ल्याइएको एमआरएफ टायर कम्पनीका सेल्स म्यानेजर गौतम सिंह दर्नालले जानकारी दिए ।

20191206_123304महालक्ष्मी टायर हाउसको नाममा संचालन गर्न थालिएको बिक्री डिपोबाट साना तथा ठुला सवारी साधनहरुमा लाग्ने जस्तोसुकै टायर पनि कम्पनीको आधिकारिक दरमा डिपोबाट उपलब्ध गराइने महालक्ष्मी टायर हाउसका संचालक ओबिलाल खत्रीले बताए ।

20191206_123152महालक्ष्मी टायर हाउसका संचालक ओबिलाल खत्रीको अध्यक्षता तथा एमआरएफ टायर कम्पनीका सेल्स म्यानेजर गौतम सिंह दर्नालको प्रमुख आतिथ्यमा भएको टायार हाउस उत्घाटन कार्यक्रममा संचालक गीता केसीले उपस्थित सबैलाई स्वागत गरेकी थिइन भने कार्यक्रमको सहजीकरण पत्रकार नवीन अभिलाषीले गरेका थिए ।

20191206_122504

20191206_123412

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com