kp oli 960

नौ दिनपछि प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन लामो अस्पताल बसाइ पछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।

kp oli 960ओलीलाई एपेन्डिसाइटिसको समस्या भए पछि अघिल्लो मंगलबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भस्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

उनलाई आन्द्रमा समेत संक्रमण भएका कारण केही दिन अस्पतालमा राखी आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अस्पतालमा गएर प्रधानमन्त्रीसँग भेट गरेकी थिइन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com