79096345_415983555948287_2166731973433753600_n

बालमन्दिर प्राविका विद्यार्थीलाई फुलफुल वितरण

दाङ, १७ मंसिर । २८ औ अन्तराष्ट्रिय अपाङ दिवसका अबसरमा बालमन्दिर प्राविले एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
दिवसका अबसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई फलफुल तथा मिठाई वितरण गरिएको थियो ।

79096345_415983555948287_2166731973433753600_nत्यस अबसरमा आयोजित कार्यक्रममा बोल्ने वत्ताहरुले अपाङ्गता भएका विद्यार्थीको पहिलो घर विद्यालय र उनका अभिभावक शिक्षक नै भएको वताएका थिए ।

अपाङ्गता भएका विद्यार्थी शारिरीक, मानसिक दुबै किसीमले कमजोर हुने भन्दै यस्ता विद्यार्थीलाई समाजका सबै जनाले माया र स्नेह गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै बिशेष शिक्षा अन्तरगत लेखाजोखा केन्द्र दाङका संयोजक जिवी चिन्तनले अपाङ्गता भएका विँद्यार्थीलाई राज्यले बिशेष ध्यान दिनुपर्ने वताए ।

जिल्लाका अधिकासं विद्यालय अपाङ्ग मैत्री तथा बालमैत्री नभएको बताउँदै त्यसका लागि स्थानिय निकायले ध्यान दिनुपर्ने व्यक्त गरेका थिए । त्यस अबसरमा विद्यालयका प्र.अ.विष्णु भण्डारीले बालमन्दिर प्रावि पाँन नं. प्रदेशकै बिशेष शिक्षा अन्तरगत नुमना विद्यालयका रुपमा स्थापना भएको बताउँदै त्यसका लागि स्थानिय,प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनुपर्ने व्यक्त गरे ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com