DSC_0508

संमृद्धिका लागि स्थानीय सरकार र सामुदायीक वन क्षेत्रको सहकार्य आवश्यक

शंकर के सी
सल्यान, १७ मंसिर । मानव जीवनसँग प्रत्यक्ष जोडिएको वनजंगलमा स्थानीय समुदायको अधिकार स्थापित भएमा मात्रै समृद्धि भेटाउन सकिने कुरामा एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

DSC_0508स्थानीय सरकार र सामुदायीक वन क्षेत्रको सहकार्यमा आर्थिक समृद्धिका लागी विशेष योजना ल्याउन आवश्यक देखिएको सल्यानमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बताएका हुन् ।

सोमबार सल्यानको कपुरकोटमा सामुदायीक वनको अधिकार र समृद्धिका अवसर तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले वनमा आधारीत उद्यमको विकास गरेमा मात्रै रोजगारि श्रृजना हुने बताए । सामुदायीक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशको सक्रियता र सामुदायीक वन उपभोक्ता महासंघ कपुरकोटको आयोजनामा कार्यक्रम भएको हो ।

अन्तरक्रियामा तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जगडबटुी, रुखको व्यवशायीकरण र पर्यटन प्रवद्र्धन अति आवश्यक रहेको बताए । सामुदायीक वन उपभोक्ता महासंघका पूर्व अध्यक्ष तथा निवर्तमान सल्लाहकार समेत रहेका पाण्डेले कुनै न कुनै तरिकाले वन संग जोडिएको उद्यमको विकास गर्नुपर्ने उत्पादित वस्तुको बजारिकरणमा स्थानीय सरकारले वातावरण श्रृजना गर्नुपर्ने धारणा राखे ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com