bimala oli 1

नेकपाले दियो मतदातालाई धन्यवाद

इन्द्रेणी संवाददाता
दाङ, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) निर्वाचन परिचालक कमिटी प्रदेश सदस्यमा विमला ओलीलाई विजयी बनाउने सम्पूर्ण मतदाताहरुप्रति धन्यवाद दिएको छ ।

bimala oli 1संयोजक जगतबहादुर शर्माले एक विज्ञप्ति जारी गरी ओलीलाई बिजय बनाउन आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाताहरुमा हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेका छन् ।

‘पश्चिम दाङको उज्यालो भबिष्य हामी र हाम्रा सन्तानको उज्यालो भबिष्यसँग जोडिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अब पश्चिम दाङलाई विकसित एवं समृद्ध बनाउन र श्रमजीवी वर्गको जीवनस्तर बदल्न हामी अहोरात्र खट्ने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छौं ।’

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com