mahotsab

चलचित्र महोत्सव सफल बनाउन उपसमिति गठन

घोराही, १७ मंसिर । आगामी पुस ११, १२ र १३ गते दाङमा हुन थालेको राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव–२०७६ सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

mahotsabमहोत्सव मूल आयोजक समितिका संयोजक केएल पीडितको अध्यक्षतामा आज बसेको बैठकले प्रचारप्रसार, आर्थिक, फिल्म प्रर्दशन र कार्यक्रम व्यवस्थापन उप–समिति गठन गरेको हो ।

जस अनुसार सचिव पाण्डव शर्माको संयोजकत्वमा प्रेम राम्जा, दशरथ घिमिरे, सुशिला वली, सपना बोहोरा, देव यादव, लिलाधर वली, गोविन्द खड्का, गिरीराज नेपाली र सन्तोष डाँगी सदस्य रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

त्यसैगरी कोषाध्यक्ष छविलाल कोपिलाको संयोजकत्वमा गणेश वली, इन्द्रविवश डिसी, प्रकाश चौधरी, देवका पौडेल र अञ्जली न्यौपाने सदस्य रहेको आर्थिक उपसमिति गठन गरिएको छ ।

भुपेन्द्र वलीको संयोजकत्वमा आदिम केसी, नविन अभिलाशी, रिचा बुढाथोकी, छवि पुरी, दीपक जिएम, रेखा थापा र आभाष बुढाथोकी सदस्य रहेको फिल्म प्रर्दशन उपसमिति गठन गरिएको छ ।

त्यसैगरी जंग रोकाको संयोजकत्वमा प्रेमा गैरे, वामदेव रिजाल, पूजा रिजाल, दिपेश पोख्रेल, चोभार पौडेल, मिनराज खड्का र अञ्जना कँवर सदस्य रहेको कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । बैठकले महोत्सव सफल बनाउन सरकारी, गैर सरकारी निकाय तथा विभिन्न व्यक्तित्वहरुसँग सहयोगका लागि पहल गर्ने निर्णय गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com